सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना

२०७७ भदौ १६, ०३:४०

मनिराज जोशी

हेर्नै लायकको रहेन मुखमा टालो लगाएँ हिडें।
यो कस्तो अपराध हो र मुखमा शूली चढेको छु के।
त्यस्तै लाग्दछ चिन्न मानव कुनै चाहन्न देख्नै पनि।
सारा संग छुट्यो छुट्यो मनुजता एक्ले भयो जीवनी।।

जाँदैनौं घरबाट बाहिर कुनै आउन्न मेरा घर।
देख्दा थर्थर काँप्न लाग्छ मन यो भो बाघभन्दा डर।
कोरोना दिनरात सुन्नुछ सधैं सुन्दैन केही अरू।
गन्दैमा दिनरातको छ गणना गन्छन् मिडीयाहरू।।
के कस्तो म गरें कुकर्म मुखमा बाँधी लुकी हिड्दछु।
मानौं कैद परेर रातदिनमा भित्रै थुनेको म छु।
गर्थें मेकप हेर्दथें म सरिको होला र को सुन्दर ‌
हेर्नै लायकको रहेन मुख यो साँच्चै भएँ बन्दर।‌।

गर्ने खेति थियो उद्देश्य नभमा श्रीचन्द्रका लोकमा।
उड्र्थें भुर्भुर ब्योममा जलधिमा डुब्थें कतै झोकमा।
नाघी मानवता अजेय म भएँ एकाधिकारी बनें।
जेता मानव छैन ईश्वर भनें सर्बज्ञ आफै बनें।।

यो उन्माद थियो ममा म सरिको जन्मेन कोही अरू।
लुक्दै बस्दछु सर्प मूसक हुँदै खोज्दै दुलाका तरू।
मेरो यो अभिमानको प्रकृतिले साँच्चै दियो उत्तर।
काँपेको छ समस्त विश्व अहिले यो रोगले थर्थर।।

सुत्दा हिन्दु थियो बिहान कसरी उठ्दा भयो क्रिस्चन।
आमा(बाबु र धर्म कर्म नभनी बन्दैगयो दुर्जन।
पोखे ईश्वरले नवीन रंगका यी रोग नानाथरी।
मर्दैछौं पशुझै हजार दिनमै कीरा मरेझै गरी।।

कमेन्ट लोड गर्नुस