सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहेकै दिन बेहुलाले गरे बेहुलीको हत्या !

फाइल फोटो
फाइल फोटो
२०७७ असोज २०, ०१:५९

एक बेहुलाले बिहेकै दिन बेहुलीको हत्या गरेका छन्। त्यो पनि बिहे भोज चलिरहेकै बेला। सुरुमा उनीहरुबिच भएको झगडा अन्त्यमा हत्यामा परिणत भयो। 

घटना हो रुसको नोबासिबिरिकको। ३३ वर्षीय ती बेहुलाले रक्सीले मातेका बेला अन्य एक युवकको डाहा लागेपछि श्रीमतीमाथि कुटपिट गरेका थिए। उनले अन्त्यमा ओकासाना नामकी ३६ वर्षीया बेहुलीको हत्या गरिछाडे। 

अहिले प्रहरीले आरोपित युवकलाई पक्राउ गरिसकेको छ। स्टिफन डोलगिख नामका ती युवक यसअघि पनि हत्या तथा लुटपाटको आरोपमा जेल बसिसकेको प्रहरीले जनाएको छ। युवकले दुलहीले खराब व्यवहार गरेका कारण आफ्नो होश गुमेको र घटना घटेको प्रहरीलाई बयान दिएका छन्। -एजेन्सीको सहयोगमा 

कमेन्ट लोड गर्नुस