सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफुलाई ‘आन्टी’ भनेको भन्दै महिलाले बिच बजारमै कुटिन किशोरी

२०७७ कार्तिक १८, ०४:२९ खबर संवाददाता

धनगढी : आफुलाई काकी(आन्टी) भनेको भन्दै एक महिलाको पारो तातेको छ । उनले त्यहि झोकमा आफुलाई आन्टी भन्ने किशोरमाथि कुटपिट गरेकी छिन् ।  

घटना हो भारतको उत्तर प्रदेशस्थित कोतवाली नगरको । सोमबार बाबूगंज बजारमा एक किशोरीले महिलालाई आन्टी भनीन । त्यो सुनेर महिला यति रिसाइन की उनले ती किशोरीलाई कुटपिट गरीन । सोही घटनाले बजारमा हंगामा नै भयो । 

खासमा भीडभाड भएको बाबूगंज बजारमा महिला र किशोरीको धक्का लागेको थियो । त्यसपछि किशोरीले ‘सरी आन्टी’ मात्र के भनेकी थिइन, ती महिला सामान किन्न छाडेर किशोरीमाथि जाइ लागिन । 

सुरुमा त उनीहरुबिच बोलाबोल मात्रै भएको थियो । तर पछि उक्त घटना हातपातमा परिणत भयो । वरपर रहेका मानीसहरुले भिडियो नै बनाएर घटनालाई सामाजिक संजालमा भाइरल बनाइदिएका छन् । 

महिला थाना प्रभारी निरीक्षक कंचन कटियारका अनुसार बजारमा भएको विवाद हात हालाहालमा समाप्त भएको थियो । घटनापछि दुवैका आफन्त आएर उनीहरुलाई लगेका थिए । तर कसैपनि प्रहरीमा कुनै उजुरी दिएनन् । -अमर उज्यालाको सहयोगमा


 

कमेन्ट लोड गर्नुस