पिँजडाको चरा झैँ
२०७७ कार्तिक २२, ०३:५७
-विमल सुर्खेती
पिँजडाको चरा झैँ भएकी तिमीलाई
खुल्ला आकाशमा उडाउन मन छ ।
लगाम लागेको एकोहोरो तिम्रो मनलाई
एकफेर आफुतिर मोडाउन मन छ ।
सेता, खाली, शब्दहिन तिम्रो जिवनलाई
प्रेमका रंगिन कथाहरु पढाउन मन छ ।
बाटो नै थाहा नभएका तिम्रा गोडाहरुलाई
हरेक पाइलामा आफुसँगै हिडाउन मन छ ।
पिँजडाको चरा झैँ भएकी तिमीलाई
खुल्ला आकाशमा उडाउन मन छ ।
जिन्दगीभर साथ रहने वाचासहित
तिमीसँग जिवन बिताउन मन छ ।
कमेन्ट लोड गर्नुस