पत्नीलाई घरकाे काम गराएबापत २ करोड क्षतिपूर्ति !
धनगढी: एक व्यक्तिले आफ्नी पत्नीलाई २८ वर्षसम्म घरको काम गराएको क्षतिपूर्ति स्वरूप २ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने भएको छ।
पारपाचुके मुद्दामा अर्जेन्टीनाको एक स्थानीय अदालतले सुनुवाइको क्रममा यो आदेश दिएको हो। महिलाको आर्थिक सहारा नभएकाले यो धन पतिले उपलब्ध गराउनुपर्ने अदालतको जिकिर थियो।
उनीहरुको सन् १९८१ मा विवाह भएको थियो। पतिले जागिर खाने र पत्नीले घर सम्हाल्ने निर्णय लिएका थिए।
बिहेको २८ वर्षपछि सन् २००९ मा पतिपत्नी अलग्गिने निर्णय लिएका थिए।