युवतीद्वारा प्रेम प्रस्ताव अस्विकार गर्ने युवकको मुखमा ब्लेड प्रहार !
धनगढी: एउटा अचम्म लाग्ने घटनाले यतिबेला हंगामा मच्चाएको छ। एक एकोहोरो प्रेम गर्ने युवतीले आफ्नो प्रेम प्रस्ताव अस्विकार गर्ने युवकको मुखमा ब्लेडले प्रहार गरेकी छिन्।
भारतको उत्तर प्रदेस्थित बरेलीको हाफिजगंज पुलिस सर्कल अन्तर्गत इन्टर कलेजमा अध्यययनर युवकलाई कलेज जाने बाटोमा युवतीले ब्लेड प्रहार गरेकी हुन।
प्रहरीका अनुसार अझ पढ्न बाँकी रहेको भन्दै युवकले युवतीको प्रस्तावलाई अस्वीकार गरेका थिए।
युवकलाई जति भन्दा पनि नमानेको भन्दै उनले युवकसँग बदला लिनका लागि ब्लेडले प्रहार गरेको उनले बताएकी छन्। उनले अनुहारमा घाउ बनाइदिएपछि अन्य महिलाहरुले युवकसँग विवाह गर्न चाहदैनन् र आफैसँग विवाह हुने सोचाईले यस्तो गरेकी बताइन।
युवतीले युवको अनुहार बिगार्ने मनशायले ब्लेडले प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। -एजेन्सी