कुकुरको बेइज्जत गरेको आरोपमा ३७ वर्षको जेल सजाय !
धनगढीः सामान्यतया हामीले मानिसलाई बेइज्जत गरेर कार्वाही भएको त सुनेका छौ । तर विश्वमा यस्तो पनि घटना भएको छ जहाँ जनावरलाई बेइज्जत गरेको आरोपमा मानिसलाई कैद जानुपर्छ।
यो सुन्दा हामीलाई आश्र्चायजन लाग्यो तर यो एक सत्य घटना हो। यो घटना थाइल्यान्डको हो । थाइल्यान्ड प्रहरीले तानाकोरन नामका एक कम्पनीमा काम गर्ने व्यक्तिलाई गाली बेइज्जतीको आरोप लगाएर सेनाको अदालतमा पेश गरेको छ।
तानाकोरनमाथि प्रहरीले सामाजिक सञ्जालमा कुकुर बनेर एक एनिमेटेड फिल्मको बनाएर व्यंग गरेको आरोप लगाएको छ।
थाइल्यान्डका राजा भुमिबोल अदुल्य देजले निकै माया गरेको कुकुर छ । कुकुरको नाम थोंगदियेंग हो। थाईल्यान्डमा राजाको कुकुरको पनि नाम कसैले लिन सक्दैन् । सबैले कुकुरलाई ‘खुन’ भनेर बोलाउनु पर्छ।
तर भर्खरै मात्र एक व्यक्तिमाथि कुकुरलाई बेइज्जत गरेको आरोप लागेको छ । सजाय स्वरुप उनलाई ३७ वर्षको जेल सजाय हुन सक्ने बताइएको छ।
थाइ प्रहरीले मुद्दालाई बलियो बनाउन उनीमाथि अन्य पनि आरोप लगाएको छ । बहस हुन बाकी छ। तानाकोरनका वकिल एनान नुम्पाले कुकुरको बेइज्जतीको आरोप लाग्नु धेरै गजब भएको प्रतिक्रिया दिएका छन्।
किनकी थाईल्यान्डमा सरकारी फैसला र नीतिको विरुद्धमा बोल्नु धेरै टाढाको कुरा हो र यसलाई अपराध मानिन्छ ।तर सेनाको नियममा जे पनि हुन सक्छ।
राजा भुमिबोल नै सेनाको सर्वोच्च कमान्डर हुन्। थाइल्यान्डमा धेरै उथलपुथल भएपछि राजा भुमिबोलले सत्ता आफ्नो हातमा लिएका थिए। राजा र राजपरिवारको सम्मानमा ठेस पुग्ने कसैले काम गरेमा त्यसलाई देश द्रोही मानिन्छ।
उनीहरुले पालेको कुकुर पनि सदस्य मध्ये एक हो त्यसकारण गाली बेइज्यतीको मुद्दा चलाइएको हो। एजेन्सी