राम्रो फिगर बनाउन नितम्बको शल्यक्रिया गराएकी मोडलको मृत्यु
राम्रो फिगर बनाउने चक्करमा एक मोडलले ज्यान गुमाएकी छिन्। मेक्सिकोकी एक इन्स्टाग्राम मोडलको प्लाष्टिक सर्जरी बिग्रीएका कारण ज्यान गएको हो।
३० वर्षकी जसलिन क्यानोलाई मेक्सिकोकी किम कार्दासियन पनि भनिन्छ। क्यानो मोडलका साथै एक स्विमसुट डिजाइनर पनि थिइन्। इन्स्टाग्राममा क्यानोका लगभग १३ मिलियन फलोअर्स छन् जो उनको सुन्दर फिगरका प्रशंसक हुन ।
क्यानो आफ्नो नितम्बको शल्यक्रिया गराउने तयारीमा थिइन्। शरीरको एक हिस्साको बोसो निकालेर नितम्बमा लगाएने क्रममा क्यानोको मृत्यु भएको छ।
क्यानोको परिवारले आफ्नो तर्फबाट अहिलेसम्म मृत्युबारे कुनै आधिकारिक पुष्टि गरेका छैनन्। तर उनकी सहयोगी मोडल लिर मार्सरले ट्वीटर लेखेकी छिन्, ‘कोलम्बियामा शल्यक्रियाको क्रममा जसलिन क्यानोको मृत्यु भयो, यो खतरनाक हो। उनी पहिले देखि नै असाध्यै सुन्दर थिइन्। उनको परिवारका लागि म प्रार्थना गर्छु, उनी निकै प्यारी थिइन्।’
डिसेम्बर ७ मा नै उनको मृत्यु भएको बताइएको छ।