सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेउडा मार्फत नै हत्या, हिसां र बलात्कारका पिडितलाई न्याय र दोषीलाई कारवाहीको माग (अडियो सहित)

डेउडामा यसपाली फरक विषयले प्रवेश पायो

२०७५ भदौ २०, ११:५५

सधै माया पिरती सुख दुखका बिलौना गर्र्दै खेलिने डेउडामा यसपाली फरक विषयले पनि प्रवेश पाएको छ । गौराको अवसरमा भईरहका डेउडामा माँया पिरतीका विषय पनि उठान त भएका छन तर अन्य थुप्रै विषयले पनि प्रवेश पाएको छ । बलात्कार र हत्या, हत्या हिसांका घटनाहरु बढ्दै गएपछि डेउडामै न्याय माग्न थालिएको छ भने सरकारका गलत क्रियाकलाप प्रति डेउडीयाले कटाक्ष हानेका छन् । 

डेउडा मार्फत नै बलात्कार पछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्त र कैलालीको गौरीगंगाकी माया बिकका परिवारलाई न्याय र दोषीलाई कार्वाहीको माग गर्दै । यसपाली प्रदेश नम्वर ७ का विभिन्न कुनाकाप्चामा भईरहेका डेउडामा मात्रै होईन प्रदेश बाहिर रहेका सुदूरपश्चिमेलीहरुले पनि बलात्कारपछि हत्याका दोषीलाई कारवाहीको माग गरेका छन् । 
प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि तीन दिनसम्म डेउडा प्रतियोगिता नै चल्यो । डेउडा प्रतियोगिता मार्फत पनि डेउडीयाहरुले यस्तै विषय उठान गरेको राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान प्रदेश ७ का अध्यक्ष सुरत रावतले बताए । 
अहिले पछिल्लो समयमा महिलाहरुलाई बलत्कारको घटनाले निकै त्रसित बनाएको छ । त्यसैले महिलाहरुले डेउडा गीत मार्फत नै बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग पनि गरिरहेका छन् । डेउडा गायिका संगीता जोशीले जघन्य अपराधका विरुद्ध देउडा गाईरहेको वताए । 

संविधान निर्माणका बेला डेउडामा सबैभन्दा बढि नेतठाहरुको असक्षमताको विषयले स्थान पाउथ्यो । त्यसपछि तीन वटैको तहको निर्वाचनको बेला पनि डेउडामा धेरै नेताहरुकै विषय अटाए । अहिले हत्या, हिसां बलात्कारका घटनाहरु दैनिक रुपमा बढिरहेकाले डेउडामा पनि तीनै विषयले स्थान पाएको  पुराना डेउडीया दलबहादुर बोगटीले वताए । 
अडियो सुन्नुहोस्

कमेन्ट लोड गर्नुस