सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्यमी महिलाहरुको धनगढीमा तीज कार्यक्रम

२०७५ भदौ २१, ०६:४६

उद्यमी महिलाहरुले धनगढीमा तीज कार्यक्रम गरेका छन् ।  

नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समिति कैलालीको आयोजनामा भईरहेको तीज कार्यक्रममा दरको रुपमा स्थानीय परिकार राखिएको थियो ।

उनिहरुले थारु समुदायको परिकार ढिक्रि, अण्डिक भात लगायतका परिकार खाँदै तीज मनाईरहेका हुन् । उद्यमसिलताबाट महिलाालाई सक्षम बनाउने भन्दै उनिहरुले तीज कार्यक्रममा स्थानीय उत्पादनको स्टल समेत राखेका बताएका छन् ।

दुई दिनसम्म सञ्चालन हुने तीज कार्याक्रमको उद्धघाटन कार्यक्रममा प्रदेश नम्बर ७ की उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टको समेत सहभागीता रहेको थियो ।    

कमेन्ट लोड गर्नुस