वर्षौंपछि सलमान खानकी पूर्व प्रेमिका सार्वजनिक, विवाह गर्न अमेरिकाबाट मुम्बई
काठमाडौं : सलमान खानकी पूर्व प्रेमिका अचानक चर्चामा आएकी छिन्। ९० को दशकमा सोमी अलीसँग सलमान खानको नाम असाध्ये जोडिएको थियो र दुबैको अफेयरको चर्चा पनि चारैतिर थियो।
पाकिस्तानी मूलकी अभिनेत्री सोमी अली सन् १९९१ मा सलमानसँग विवाह गर्न भनेर अमेरिकाबाट मुम्बई आएकी थिइन्।
भारत पुगेको एकवर्ष पछि नै उनको भेट सलमान खानसँग भयो र त्यसपछि उनीहरुले एक–अर्कालाई डेट गर्न थाले। दुबैको ब्रेकअप सन् १९९९ मा भयो र त्यसपछि सोमी पढ्नका लागि अमेरिका फिर्ता भइन्।
सोमी अहिले ‘नो मोर टियर्स’ नामक एनजीओ चलाउँछिन्।
टाइम्स फ इन्डियालाई दिएको अन्तरवर्तामा सोमी अलीले सलमानसँगको भेट र आफ्नो फिल्मी करियरबारे बिस्तारमा बताइन्। उनका अनुसार मुम्बईमा आएपछि उनले पोर्टफोलियो सुट गराइन्। उनी एक प्रोडक्सन हाउसमा पुगिन् तर अचम्म के भइदियो भने सलमान खान पनि त्यहाँ केही साथीहरुलाई भेट्न पुगेका रहेछन्। पछि उनलाई बोलाइयो। जुन फिल्म (बुलन्द) मा उनलाई कास्ट गरियो, त्यो रिलिज हुन पाएन तर त्यसको कारणले उनले थुप्रै फिल्म पाइन्।