बिष्णु ऐडीको यर्थात घटनामा आधारीत ‘ठाडीभाका सार्वजनिक
धनगढी- देउडा गायक प्रकाश थापाको स्वारमा रहेको बिष्णु ऐडीको यर्थात घटनामा आधारीत ‘आईजा पुल्ती भेष’ देउडा ठाडीभाका गीत सार्वजनिक गरिएको छ।
धनगढीमा आयोजित एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले गीतको भिडीयोलाई क्लिक गरेर सार्वजनिक गरेका हुन्।
२०७६ साल चैत्र ६ गतेका दिन धनगढीबाट जन्मथलो घर बझाङ जाने क्रममा घर नजिकै ब्यासी खोला गडा भन्ने स्थानमा सवारी दुर्घटनामा परेर निधन भएकी आफ्नी जिबन संगिनी उज्जला कुमारी ऐडीको सम्झनामा यो देउडा ढाडीभाका तयार पारेको निर्माता तथा परीकल्पनाकार बिष्णु ऐडीले बताए। निर्माता तथा परीकल्पनाकार ऐडीले छोरा सानो रहेको र आमालाई दिन प्रतिदिन बिर्सदै जाने भएकाले भावी सन्ततीलाई स्मरण गराउन यर्थात घटनामा आधारित गित निर्माण गरिएको बताए।
उनले भने-‘मेरो जीवनमा ठुलो पिडा पर्यो आफ्नो पिडा पोख्ने ठाउ नभएर गित मार्फत पिडा पोखेको छु।’ वितरक खप्तड डिजिटल म्यूजिक सेन्टरबाट बजारमा ल्याइएको गीतमा स्वरका धनि देउडा गायक प्रकाश थापाको रहेको छ भने लय राजेन्द्र शाह विपी, शब्द भिम थापा (नायक), छायांकन डि.बी. रौले र निर्देशक भिम थापा नै रहेका छन्। प्राविधिक सहयोगी दिपेश ढकुन्ना, ऐरेन्जर विनोद बाजुरेली (स्टुडीयो मालश्री) रहेका छन् भने गितको छायांकन धनगढी, गोदावरी, कन्चनपुर र बझाङमा गरीएको छ।