सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूट्यूबको ट्रेन्डिङमा सुदूरका जनकको ‘माया हो’ (भिडियोसहित)

२०७७ चैत्र ९, ०२:०२ खबर संवाददाता

धनगढी:  गायक जनक ताम्राकार र गायिका अस्मिता अधिकारीको ‘माया हो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। उक्त गीत जी टु वान च्यानलबाट सार्वजनिक भएको हो।

उक्त गीतको भिडियोमा नायक नाजिर हुसेन र नायिका रियाशा दाहालको अभिनय रहेको छ। यस गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ भने गीतलाई निकेश खड्काले निर्देशन गरेका छन्। बिहीबार सार्वजनिक गरिएको गीत दर्शकहरुले निकै मन पराएका छन्। सार्वजनिक गरेको तीन दिनमै गीत युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ।

यो समाचार तयारपार्दासम्म यो गीत युट्युब ट्रेन्डिङको ३०औँ नम्बरमा रहेको छ। उक्त गीतको म्युजिक भिडियोलाई अहिलेसम्म २ लाख बढीले हेरेका छन्। पहिलो गीतको रूपमा ‘जुनकिरी’ बोलको गीत बजारमा ल्याएका जनकको यो सातौँ गीत हो। यसअघि उनले गाएको ‘काफल खान्या कुइयाँ’ निकै चर्चित बनेको थियो।

डडेल्धुराको अमरगढी–६ दुमडामा जन्मिएका जनक अहिले काठमाडौंमा गीत संगीत क्षेत्रमै आफ्नो भविष्य खोजिरहेका छन्।


 

कमेन्ट लोड गर्नुस