सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोत्कृष्ट गायकको अवार्ड नवीनलाई

२०७५ मंसिर ८, ११:३२

नवौँ सस्करण को विन्दवासिनी म्युजिक अवार्ड २०७५ मा बर्षकै सर्वोत्कृष्ट लोक गायकको अवार्ड नवीन पौडेलले पाएका छन्। बर्षकै सर्बोत्कृष्ट लोक गायकमा “फुलेको तोरीलाई बैँस आकी छोरीलाई जोगाउनै गाहे“ बोलको गीतबाट गायक नवीन पौडेललाई अवार्ड प्रदान गरिएको हो। करिब दुई दशक लोकगीतमा सक्रिय पौडेललाई सर्वोत्कृष्ट गायकको विधामा सम्मान गरिएको संस्थाकी अध्यक्ष लिना शर्मा रेग्मीले बताईन्। यथार्थपरक चेतनामूलक र समय सापेक्ष गीत सिर्जनामा लागेका पौडेलको यो दोस्रो अवार्ड हो। यसअघि उनले सगरमाथा म्युजिक अवार्डमा “बाग्लुङ दरमखोला“ बोलको मौलिक बन्चेबाजाको गीत बाट सर्वोत्कृष्ट मौलिक गीत गायकको विधामा अवार्ड प्राप्त गरेका थिए।

देशका लगभग सवै भुभाग र विश्वका दर्जनौँ शहरमा पुगेर देशको कला संस्कृतिलाई प्रोत्सहान गरिरहेका छन गायक पौडेल। उनका ए हजुर सुन्नु भाछ र, यस्तै हुन्छ भन्ने भा, रातो डोरी कपाल लर्केको, के सम्झना छर जान्न मत त्यो घर, बुलाकी झुम्काना, हरेक जातजाति छौँ नानाथरी, सत्य खान्छु कसम, श्रीनगर बतासे डाडैमा, आजै भेट भाको धनगढी आको म परेँ पाल्पाको, दुखका दिन गए, नया पार्टी खोल्छु लगायतका दर्जन बढी गीतहरु दर्शक श्रोताको मन जित्न सफल रहेका छन्। गायक पौडेल अन्तराष्ट्रिय कलाकार मञ्च नेपालका उपाध्यक्ष, प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व केन्द्रिय सदस्य समेत हुन । उनले सुन्दर सुदुरपशिचमको कला संस्कृति र पर्यटन सम्बन्धी गीत “घर मेरो सुदुर पश्चिम“ लिएर छिट्टै आउँदैछन।

कमेन्ट लोड गर्नुस