ठुलिजा ईसो भन्निन
पल्लाघर गोसि आइग्या,हामरा हुन्या देशैनाई
मायाका झल्का लाइग्या,हामरा हुन्या देशैनाई।।
बर्ष दिनको काजबार ,दशै त्यारमी रुमाइबट
माणा रे डुप्का खाइग्या,हामरा हुन्या देशैनाई।।
स्वाहनि मान्छ एकली घरम्भी क्या अरली भनी
खेत,उचकला सब बाइग्या,हामरा हुन्या देशैनाई।।
झिक्कै पछा रहड मेटाउनाखी दाइभाइ मौ संग
तास खेल्ल दोकान धाइग्या,हमरा हुन्या देशैनाई।।
परदेशिको हालत,अर्खाकी नौकरि के हुनु हो बौजु
आफ्ना सुख दु:ख सुनाइग्या,हामरा हुन्या देशैनाई।।
बस्या,खाया निकेरी मिलिजुलि दुएइ देउरानी जेठानी
अर्का बर्ष आउलो भनी गाइग्या,हामरा हुन्या देशैनाई।।