सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नाइन पनि बाचीबंट हेर

२०७५ मंसिर १०, ०४:३९

हुडके छलियानि नाचीबंट हेर कति मजा आउछ
आफ्नाइन पनि बाचीबंट हेर कति मजा आउछ

रयाप डीजे फुच्चो हो ता भन्दैन म भन्नाकि तर
झ्याउरेमा कम्मर भाचिबंट हेर कति मजा आउछ

अक्खाको शिको कम अरि जन्मभूमिको माया
एइ मन भित्त साचीबंट हेर कति मजा आउछ

रक पप फिलिम स्टार छाड़ि आमा बुवाको फोटो
आफ्ना हिर्दयमा टाचीबंट हेर कति मजा आउछ

आधुनिकताको नाममा सभ्यता भुल्नु हुदैन हेर
आफ्नो अरुको जाचीबंट हेर कति मजा आउछ

लेखक पुर्व अन्तराष्ट्रिय कबड्डी खेलाडी हुन् ।

कमेन्ट लोड गर्नुस