बिहीवार धनगढीमा नेपथ्यको प्रस्तुती
नेपाली लोक आधुनिक सांगीतिक क्षेत्रमा बेग्लै उचाई र विशिष्टता कायम गर्न सफल सांगीतिक समुह नेपथ्यले बिहीबार धनगढीमा आफ्नो प्रस्तुती देखाउने भएको छ । स्थापनाको २५औं वार्षिक उत्सवका अवसरमा नेपथ्यले धनगढीमा गर्ने कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको हो । धनगढी रंगशालामा हुने सांगीतिक प्रस्तुतीका लागि आवश्यक तयारी थालिएको छ । त्यो बाहेक सवै तयारी सकिएको आयोजकले धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
दाताज ईभेन्ट म्यानेजमेन्ट चितवन र द मेन्सन नेपाल धनगढीको संयुक्त आयोजना तथा दाह्ी ग्याङ धनगढीको सहयोगमा बिहीबार साँझ ५ः४५ बजे देखि ३ घण्टा हुने कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । नेपथ्यको प्रस्तुती धनगढीमा आठ बर्षपछि हुन लागेको हो । सो कन्सर्टमा ६ हजार दर्शकहरुको सहभागीता रहने आयोजक दाताज ईभेन्ट म्यानेजमेन्ट चितवनका प्रमुख दाताराम घिमिरेले बताए ।