नारायण गोपालको गीत गाएका रवि ओडकाे दमदार प्रस्तुति
‘नेपाल आइडल सिजन २’ अन्तर्गत विहीबार सवै प्रतिस्पर्धीले ‘राष्ट्रिय गीत’ गाएका छन्। सुदूरपश्चिमबाट ‘नेपाल आइडल’ मा बाँकी रहेका एक्ला प्रतिस्पर्धी रवि ओडलेले पनि ‘राष्ट्रिय गीत’ गाएका हुन्। उनले विहीबार स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको ‘विरताको चिनो’ बोलको राष्ट्रिय गीत गाएका हुन्। ओडले दमदार प्रस्तुति दिएका छन् । रविको प्रस्तुती हेरेपछि उपस्थित सबै दर्शक एवम् अतिथि तथा निर्णायकले खुलेर प्रशंसा गरेका थिए ।सिताराम कट्टेल ‘ध्रुमुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले त रविलाई सुदूरपश्चिमको ठिटोले राम्रो गायक भन्दै प्रशंसा गरे ।
रवि अहिलेसम्म ‘खतराको सूची’ मा परेका छैनन्। नेपाल आइडलमा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी रहेका रविले सवैलाई भोट गर्न पनि अपिल गरेका छन्।