सबैभन्दा धेरै भोट पाउँदै नेपाल आइडलको उत्कृष्ट ५ मा रवि ओड
नेपाल आइडलमा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी रवि ओड उत्कृष्ट ५ मा पुगेका छन्। विक्रम बराल, अमित बराल, अस्मिता अधिकारी र सुमित पाठकसंगै रवि ओड आइडलको उत्कृष्ट पाँचमा स्थान बनाउन सफल भएका हुन्। उनले यो साता सर्वाधिक भोट पाउँदै उत्कृष्ट ५ सम्मको यात्रा तय गरेका हुन्। रवि अहिले सम्म आइडलको खतराको सुचिम परेका छैनन्।
उनले आइडलमा दोश्रो पटक सर्वाधिक भोट पाएका हुन्। शुक्रवार रविले २ गीत गाएका थिए दुवै प्रस्तुतीमा उनले निर्णायकबाट राम्रो प्रतिक्रिया पाए। बिहिवार ‘वीरताको चिनो, वीरको सन्तान, सहिदको रगत लाहुरेको निशानी’ बोलको गीत गाउँदै उनले सबैलाई मन्त्रमुग्ध बनाएका थिए। यो साता आइडलबाट पवन गिरि बाहिरिएका छन्।