मायाको चित्कार
२०७५ साल, असार १२ गतेका दिन
घरबाट विदा लिईन, ९ बजे हिडिन्
साईकल चढि सरासरी, फिल्ड जाँदै गर्दा
शिवपुरीको जंगलमा, लाग्यो कालो पर्दा
१० बजे विहानको बेला, दिउसै रात पारे
चारै दिशा बन्द गरि, दुष्मनले घेरे
चिम्म भए दुवै आँखा, अन्धकार छायो
आँखा खोल्दा अघिल्लो तिर, गणेश वडुवाल आयो
कुन नियतले यो वनमा, साईलक रोकिस मेरो
नगरको नोकरी गर्छु, के विगारे तेरो
हाम्रो भन्या मान मायाँ, यो वनमा को देख्छ
सल्लाहमा सहमत भए, ज्यान बच्न सक्छ
पापीहरु राक्षसहरु, के सोचेको मलाई
लड्दा लड्दै ज्यान दिन्छु, तन दिन्न तलाई
आक्रासेले आगो भई, लड्न तयार भईन
तान्दै तिनले साईकलबाट, जंगल तिर लगे
तिम्रा पनि कोही होलान, लाग्दैन कि दया
५ जना भुसतिग्रेसंग, लड्ने एउटै मायाँ
आमा बुवाकी एक्लै, छोरी न मार न मलाई
म मरे नि मेरा खुनले, छोड्ने छैन तलाई
मेरो पुकार कोहि सुन्दैन, झारपात देउ साथ
जुन बोट थाम्दा पनि, हातै आउँछन बोट विरुवाका पात
बाटोबाट २ सय टाढाँ, लग्यो माया
कपडा खोली हात बान्दा, कोहिलाई आएन दया
काछस मेरा पुज्यमानी, का छौ देवी देउता
दुष्मनसंग एक्लै लड्छु, शक्ति देउ न एउटा
राक्षसहरु छोडिदेउ, न विगार मलाई
तिम्ले पनि मर्नु पर्ला, भित्री मन जलाई
लड्दा लड्दै मर्छु बरु, रगत बगाउँछु
एक मुठी रगत भए सम्म, ईज्जत जोगाउँछु
काछन कठै ईश्व प्रभु, खै त देवी देउता
राक्षसहरुको रजाई भयो, कोहि आउँदैन एउटा
शरिरको रगत सुक्यो, नारी पनि टुट्यो
आफ्नो भन्नु केहि रहेन, सर्वश्व लुट्यो
मरे मम्मी, मरे वुवा मरे दाजु भाई
बचाउँने कोहि आएन, म अभाज्ञिलाई
दोपट्टाले घाटी बादी, मुखमा पात हाल्यो
पाँचै जना अपराधिले, यसो गरि मार्यो