धनगढीमा रवि ओड
२०७५ मंसिर २२, ०८:००
नेपाल आइडल सिजन–२ को उत्कृष्ट ४ मा पुग्न सफल रवि ओड धनगढी पुगेका छन्। उनलाई धनगढी विमानस्थलमै बाजागाजा सहित स्वागत गरिएको छ । धनगढी नगर परिक्रमा गराउने पनि कार्यक्रम रहेको छ। विमानस्थलमै सञ्चारकर्मीसंग कुराकानी गर्दै ओडले उत्कृष्ट ४ सम्म पुगाएकोमा समर्थकलाई धन्यवाद व्यक्त गरेका छन्।
कमेन्ट लोड गर्नुस