सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका युवक लागुऔषधिसहित पक्राउ

२०७८ असोज २१, ०६:११ खबर संवाददाता

धनगढी: धनगढीका एक युवक लागुऔषधिसहित पक्राउ परेका छन्।  बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजार स्थित पैदल हिन्दै गरेका धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोक बस्ने १९ वर्षीय विवेक नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनका साथबाट ‘प्रोक्सीवेल स्पास’ लेखेको ७२ क्यापसुल लागुऔषधि फेला परेको कञ्चनपुर प्रहरीका प्रहरी निरीक्षक लालबहादुर बमले बताए। पक्राउ परेका नेपालीमाथि थप अनुसनधान भइरहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस