रविको प्रस्तुतीमा निर्णायक, दर्शक र प्रतिस्पर्धीको उठेर प्रशंसा
नेपाल आइडलको मञ्चमा अन्तिम पटक प्रस्तुती दिदै रवि ओडले निर्णायकबाट उठेर प्रशंसा पाएका छन्। विहिवार २ गीत गाउँदै ओडले तीनै जना निर्णायकबाट उठेर प्रशंसा पाएका हुन्। निर्णायक संगै अन्य तीन जना प्रतिस्पर्धी र दर्शकहरुले पनि रविको प्रस्तुतीको उठेर प्रशंसा गरेका थिए। रविले विहिवार दैव हे भनिदेउ र हर क्यानम गरि २ गीत गाएका थिए। अन्य तीन जना प्रतिस्पर्धीको प्रस्तुतीमा पनि निर्णायकले उठेर प्रशंसा गरेका थिए। आइडल अन्तरगत आज फाईनलमा पुगेका चारै जनाको गृह जिल्लामा भएको स्वागत सम्मानलाई प्रस्तुत गरिने र फाईनल पुल्चोक ईन्जिनियरिङ कलेजको मैदानमा हुने भएकाले रवि सहित अन्य तीन जनाले नेपाल आइडलको मञ्चमा विहिवार नै अन्तिम प्रस्तुती दिएको आयोजकले जनाएको छ। रविले आफुलाई भोट गर्दै दोश्रो नेपाल आइडल बनाउन पनि सबै नेपाली माझ अपिल गरेका छन्। भोट पौष ६ गते बेलुका ५ बजे सम् मगर्न सकिने छ।