सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक बालकको नहरमा डुबेर मृत्यु

२०७८ असोज २८, ०८:३६ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा एक बालकको नहरमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको वेदकोट नगरपालिका -१ हात्तीथलाका १२ वर्षीय शितल बोहरा रहेका छन्।

महाकाली सिँचाइ तेस्रो परियोजनाको निर्माणाधिन नहरमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस