महाकाली नदीले सतर्कता तह पार गर्यो, कञ्चनपुर र डडेल्धुरामा सतर्क रहन आग्रह
२०७८ कार्तिक १, १०:३९
धनगढी: महाकाली नदीले सतर्कता तह पार गरेकाे छ। महाकाली नदी पारीगाँउ जल मापन केन्द्रमा नदीको जलसतह बढेर सतर्कता तह ६.२३ मिटर पार गरेको हाे।
नदीको जलसतह बढ्दो क्रममा रहेकोले डडेल्धुरा र कञ्चनपुर जिल्लाका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहने नागरीकलाई सतर्क रहन आग्रह गरिएको छ।
कमेन्ट लोड गर्नुस