नेपाल आईडल बनेपछि घरमा टिभी र बिजुली नभएको रविको झुपडीमा चमक
नेपाल आइडल सिजन–२ को विजेता सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रवि ओड भएपछि उनको झुपडीमा चमक देखिएको छ । रविको घरमा विजेता घोषणा भएको केही समयपछि पुग्दा गुलरियाका वासिन्दाहरुसँगै उनका घर परिवारका सदस्य र छिमेकीहरु निकै खुशी देखिन्थे । उनको घर बन्द रहेको थियो । रविको घरमा विजुली पनि नभएका कारण ठुलो बुबाको घरमा छिमेकीहरु भेला भएर नेपाल आईडलको फिनाले हेरिरहेका थिए ।
रवि विजेता बनेसँगै गुलरियाका विभिन्न स्थानमा खुशीयाली मनाईएको थियो । भेला भएर कार्यक्रम टिभीमा हेरिरहेकाहरुले पनि खुशीयाली बाँडिरहेका थिए । उनीहरुले कल्पना नै नगरेको अवस्थामा रवि जब विजेता घोषणा भए धेरैले हर्षको आँसु समेत झारेका थिए । प्रतिभाहरु झुपडीमा रहेको कुरालाई रविले प्रमाणित गरेपछि अव झुपडी झुपडीमा गएर प्रतिभाको खोजी गर्न आवश्यक रहेको छ ।