सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगेर रविले भने–यो जित तपाईहरुकै हो

२०७५ पुष ९, ०७:५८ खबर संवाददाता

नेपाल आइडल सिजन–२ का विजेता रवि ओड धनगढी पुगेका छन्। आइडलको विजेता भएपछि पहिलो पटक धनगढी पुगेका रविले विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै सम्पूर्ण नेपालीको साथ र सहयोगले विजेता बनेको बताए। उनले आइडलको विजेता बनाएको सम्पूर्ण सुदूरपश्चिमवासीसंगै नेपालीहरुलाई धन्यवाद दिए।

रविले सुदूरपश्चिमवासीप्रति केन्द्रमा हुने विभेद पनि आफुले नपाएको बताए। उनले सुदूरपश्चिमको गरिव परिवारको व्यक्तीलाई सम्पूर्ण नेपालीले नेपाल आइडलको विजेता बनाएकाले सुदूरपश्चिमप्रति विभेद नभएको पुष्टि हुने बताए।

रवि ओडलाई गृह प्रदेशमा स्वागत र सम्मानको कार्यक्रम राखिएको छ। प्रदेश सरकारको विशेष आमन्त्रणमा रवि गृह प्रदेश आएको बुझिएको छ। 

कमेन्ट लोड गर्नुस