सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन महिनाको वालकको हर्नियाको सफल सल्यक्रिया

२०७५ पुष १५, ०७:३४

धनगढीको निसर्ग हस्पिटलमा तीन महिनाको बालकको हर्नियाको सल्यक्रिया गरिएको छ। जन्मजात नै हर्निया भएका धनगढी उप–महानगरपालिका वडा नम्बर ५ हसनपुरका जीवन चौधरीका तीन महिनाका छोरा कपिलको हर्नियाको सल्यक्रिया गरिएको हो। उनको आन्द्रा समेत हर्नियासँग अल्झीएको अस्पतालले जानकारी दिएको छ। कपिलको दायाँ कम्मर र तिघ्राको बिच भागमा हर्नियाले गर्दा आन्द्रा अड्किएको अस्पतालले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस