सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुखको फेदी नै मेरो घर

२०७८ पुष २१, ११:५८

रुखको फेदी नै मेरो घर भएको त्यो क्षणमा
मेरा सबै आफन्तहरु टाढिएको त्यो पलमा   
 
लगाउनलाई लुगा थिएन थोत्रे लुगा लगाउथे
खान नपाएर कहिले काहि भोकै पेट सुतेथे
रोगी शरीर भोको पेटको ती क्षणहरु सम्झँदा
मेरा परिस्थितिको ती दिनहरु सम्झँदा

गरिब भएकै कारण निच सोचले हेर्ने ती आँखाहरु
बस्ने एक झुपडी पनि बनाउन नसकेको समयहरु
बाच्नलाई पनि कठिन संघर्ष गर्नुपर्दो रहेछ
गरिब र धनी बीचको पर्खाल कहाँबाट खडा हुँदोरहेछ

धनको घमण्डले होला गरिबलाई चिन्दैन रहेछ
थोत्रे लुगा लगाउने भएकाले आफन्तले साथ छोडदो रहेछ
धन सम्पतिको पछाडि दौडनेहरु गरिबको मान प्रतिष्ठा के थाहा हुन्छ
मात्र भोको पेटको डर छ, चुलो नबल्ने मात्र त्रास गरिबलाई हुन्छ
गरिबीको हालत कसरी थाहा पाउँछन् यी धनीहरुबाट
सुधार गर्नुपर्छ गरिबीको स्थिति यो देशबाट
युवा सब मिली गरिबी हटाउनेतर्फ कदम चलाउनुपर्छ
यो देशबाट गरिबीलाई हटाउन सारा देशवासीले हातमा हात मिलाउनुपर्छ        

-गोबिन्द राज ओझा, दिपायल सिलगढी नगरपालिका–दिपायल डोटी                                                                         
 

कमेन्ट लोड गर्नुस