सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा रोटरीको शिबिरमा ७ सय जनाको स्वास्थ्य परिक्षण

२०७५ माघ ५, ०५:४१ खबर संवाददाता

कैलारी गाउँपालिका वडा नम्बर १ मझरामा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। रोटरी क्लब अफ धनगढीको आयोजना र नेपाल औसधी तथा विक्री प्रतिनिधि संघ धनगढीको सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो। रोटरीले उक्त स्थानमा तेश्रो पटक शिविरको आयोजना गरेको हो।

शिबिरमा ३ सय ३६ पुरुष, २ सय ८१ महिला र ८३ बालबालिका गरी ७ सय जनाले स्वास्थ्य जाँच गराएको रोटरी क्लब अफ धनगढीका संस्थापक अध्यक्ष प्रकासचन्द्र भट्टले जानकारी दिए।शिविरमा निशुल्क औसधी पनि वितरण गरिएको रोटरी क्लव अफ  धनगढीका अध्यक्ष पुष्कर ओझाले जानकारी दिए। शिविरमा रोटरीमा आवद्ध चिकित्सक लगायत सेती अञ्चल अस्पतालमा कार्यरत अन्य चिकित्सकहरुहरुको टोली सहभागि थियो। आर्थिक संकटले स्वास्थ्य सेवाबाट समेत बञ्चित भएको नागरिकहरुका लागी रोटरी क्लब अफ धनगढीले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस