सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीेको राईजिङ स्टार स्कुलद्वारा विद्यार्थीको स्वास्थ्य परिक्षण

२०७५ माघ ११, ०५:५० खबर संवाददाता

धनगढीको राईजिङ स्टार बोर्डिङ स्कुलमा विद्यार्थीको स्वास्थ्य परीक्षण सम्पन्न भएको छ। विद्यार्थीको पढाइलाई जोड दिदै आएको स्कुलले विद्यार्थीको स्वास्थ्यमा समेत विशेष ध्यान दिने उद्येश्यले स्वास्थ्य परिक्षण गरेको हो। विद्यालयको वार्षिक कार्यतालिका बमोजिम शैक्षिक सत्र २०७५ मा दोस्रो पटक स्वास्थ्य परीक्षण गरिएको प्रिन्सीपल कलेन्द्र शाहीले बताए। स्वास्थ्य राम्रो भएमा मात्र सिकाइमा पनि गुणात्मक विकास हुने भएकाले स्वास्थ्य परीक्षण वार्षिका तालिकामा समावेश गरेको उनले बताए। डाक्टर ओमप्रकाश जोशीले विद्यार्थीको स्वास्थ्य परिक्षण गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस