सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभरका डाक्टरहरु रिले अनसनमा बस्ने, डा. केसीको जीवनरक्षाको माग

२०७५ माघ १३, ०३:३७

डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै डाक्टरहरुले सोमबारदेखि रिले अनसनमा थाल्ने भएका छन।
नेपाल चिकित्सक संघको नेतृत्वमा शिक्षण अस्पतालमा बसेको डाक्टरको भेलाले सोमबारदेखि रिले अनसन थाल्ने निर्णय गरेको हो।
भेलाले देशभरका डाक्टरलाई रिले अनसशमा बस्न आह्वान पनि गरेको संघका अध्यक्ष मुक्ति श्रेष्ठले जानकारी दिए। डाक्टर केसीको अनसन तोडाउन दिएको ७२ घण्टाको समयमा पनि सरकारले कुनै पहल नगरेको भन्दै डाक्टरले आन्दोलन थालेका हुन।
डाक्टरहरुको आन्दोलनका कारण उपचार सेवा प्रभावित हुँदै गएको छ। यस्तै, अनसनरत डाक्टर केसीको समर्थनमा आवासीय डाक्टरले आजपनि आकस्मिक बाहेकका कक्षमा उपचार सेवा वहिष्कार गरेका छन।
 

कमेन्ट लोड गर्नुस