‘मेरो गाउँ मेरा ठाउँ’ भिडियो च्यालेन्ज प्रतियोगिता
सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउने उद्देश्यका साथ ‘हामी उठ्ने छौं’ फाउण्डेसनले मेरो गाउँ मेरो ठाउँ नामक भिडियो च्यालेन्ज प्रतियोगिता आयोजना गर्ने भएको छ । फाउण्डेसनले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितामा सहभागी हुन सवैलाई आग्रह गरेको हो । फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठले आफ्नो गाउँ ठाउँमा लुकेर पर्यटकीय गन्तव्यकोे पहिचान गराउने उद्देश्यका साथ अभियानको थालनी गरिएको बताए । उनका अनुसार ५ मिनेटको पर्यटकीय, भेषभुषा, खानपान र रितिरिवाजका भिडियो बनाएर आफ््नो गाउँ आफ्नो ठाउँको विषयमा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने गरी प्रतियोगितामा भाग लिन सकिने छ ।
प्रतियोगिले आफ्नो क्षेत्रको मौलिक कला, सँस्कृति, रीतिरिवाज, लगायतलाई उजागर गर्न सकिने उनले बताए । प्रतियोगितामा सहभागी हुन भिडियो एचडी क्वालिटीको हुनुपर्ने र स्क्रीप्ट सहित अधिकतम ५ मिनेटको हुनुपर्नेछ । प्रतियोगितामा उत्कृष्टले १ लाख, सेकेण्ड रनर अपले ५० हजार, सर्वोत्कृष्ट भिडियो सम्पादन, लेखन, प्रस्तुतीकरणले थप नगद २५–२५ हजार रुपैयाँ समेत पाउने श्रेष्ठले बताए ।