सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा नेपाल सडकमा, प्रदेश संरचना खारिजको माग

२०७९ साउन ६, ०२:४३ खबर संवाददाता

धनगढीः राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न माग राख्दै संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन्। प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दु राष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारीलाई कार्वाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माईतिघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा जनवर्गीय संगठनका नेता, कार्यकर्तासहित पार्टीका नेताहरुको समेत सहभागी थिए। माइतीघरमा जम्मा भएर सुरु भएको प्रदर्शन बानेश्वरतर्फ गएको छ। राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि पछिल्लो संगठन निर्माणसँगै सडक केन्द्रित भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए। उनका अनुसार आन्दोलनलाई आगामी दिनमा चरणबद्ध रुपमा अघि बढाइनेछ।

कमेन्ट लोड गर्नुस