धनगढीको निसर्ग हस्पीटलले ऐश्वर्य विद्या निकेतनलाई स्वास्थ्य सेवामा छुट दिने
धनगढीः धनगढीमा रहेको निसर्ग हस्पीटल एन्ड रिसर्च सेन्टरले ऐश्वर्य विद्या निकेतनलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ। हस्पीटलका अध्यक्ष तीर्थ राज पन्त र विद्यालयको तर्फबाट प्राचार्य प्रेम निधि ओझाले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
ऐश्वर्य विद्या निकेतनले निसर्ग हस्पीटललाई बिरामी उपचारको लागी पठाउँदा संस्थाको पत्र र बिरामीको परिचय खुल्ने कागजातको प्रतिलिपि पेस गर्नुपर्ने बताएको छ। सम्झौता २०७९ साउन ६ गतेबाट लागु भई एक वर्षको अवधि रहनेछ।