सुदूर नेपाललाई विश्वसँग जोड्दै

आरजुलाई प्रधानमन्त्री र शेरबहादुरलाई राष्ट्रपति बनाउने सहमतिको हल्लाबारे यस्तो भन्छन् प्रचण्ड

फाइल फोटो
फाइल फोटो
२०७९ साउन ७, ०१:२८ खबर संवाददाता

धनगढीः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ दिल्लीमा आरजु देउवा र आफूबीच आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने सहमति भयो भनेर फैलाएको हल्ला हावादारी भएको प्रतिक्रिया दिएका छन्। शनिबार जनकपुरमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘यो सव हावा कुरा हो। यो एक भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको अपराधिक हल्ला हो, यसमा कुनै सत्यता छैन, त्यो हुन सक्ने कुरा पनि होइन’, प्रचण्डको स्पष्टोक्ति छ। 

उनले आरजु उपचारका क्रममा दिल्लीमा भएको र नेपाली राजदूत शंकर शर्माले ब्रेकफास्ट मिटिङ भनेर दूतावासमा बोलाएका बेला आरजुसँग भेट भएको बताए। त्यहाँ राजदूत शर्माले आरजुलाई समेत बोलाएकाले एकछिन ब्रेकफास्टका बेला सँगै बसे बाहेक अरु केही कुरा नभएको प्रचण्डले बताए। ‘अरु केही कुरा अरु कसैसँग त्यो हुनसक्ने कुरा पनि थिएन। तर त्यो प्रचार भयो र यति प्रचारमा लाने कोशिस गरियो कि अन्तर्राष्ट्रियस्तरमा समेत लगिएछ’, प्रचण्डले भने, ‘सोही कारण मोदीले नभेटेको भन्ने पनि विल्कुल होइन।’ उनले त्यस्ता वाहियात र षडयन्त्र मूलक प्रचारबाजीबाट सर्तक हुन समेत सबैलाई आग्रह गरे।

अध्यक्ष प्रचण्डले संसदले नागरिकता विधेयक पारित गरेर झण्डै ७ लाख नेपालीहरु नागरिकताबाट बञ्चित हुने अवस्थाको अन्त्य गरिएको पनि बताए। 
 

कमेन्ट लोड गर्नुस