सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ १४ गतेको सिसिटिभी फुजेट रिकभर

२०७९ साउन १०, ०१:०२ खबर संवाददाता

काठमाडौं: अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ भएको छ। मंगलबार पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई छानबिन गठित समितिले फरेन्सिक ल्यावको रिपोर्ट खोलेको थियो। रिपोर्टमा १४ गते रातिकै सिसिटिभी फुटेज भएको उल्लेख भए पनि कुनै पनि भिडियो नबुझने रहेको समितिका एक सदस्यले जानकारी दिए।

फुटेज नबुझेपछि समितिले फरेन्सिक ल्यावका प्राविधिकसँग आजै दिउँसो छलफल गर्ने भएका छन्। समितिका सचिव सुरेन्द्र अर्यालले अपरान्ह चार बजे बैठक बस्ने जानकारी दिए।

जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोपपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए। सो दिनको सीसीटीभी फुटेज डिलिट भइसकेको जवाफ मन्त्रालयले दिएपछि शर्मा थप आलोचित बनेका थिए।

कमेन्ट लोड गर्नुस