कर्ण मल्ल कांग्रेस (बीपी) को बरिष्ठ उपसभापति तोकिए, अरु कसलाई के जिम्मेवारी ?
धनगढीः पूर्व प्रदेश सांसद तथा नेपाली कांग्रेसबाट निकालिएका डडेल्धुराका नेता कर्णबहादुर मल्ल नेपाली कांग्रेस (बीपी) को बरिष्ठ उपसभापति तोकिएका छन्। बुधबार बसेको कांग्रेस (बीपी) को केन्द्रीय पदाधिकारीको बैठकले मल्ललाई बरिष्ठ उपसभापति तोकेको हो।
यस्तै डडेल्धुराका करुणाकर भट्ट, हरिप्रसाद भट्ट र तहरिसिंह बोहरालाई केन्द्रीय सदस्य बनाइएको छ। कांग्रेस बीपीका प्रवक्ता शिवप्रसाद सिमखडाका अनुसार केन्द्रीय पदाधिकारी बैठकले दाङका हेमन्तबहादुर मल्ललाई महामन्त्रीको जिम्मेवारी दिइएको छ। १८ जनालाई आज पार्टीले जिम्मेवारी प्रदान गरेको हो।
२०७४ सालको निर्वाचनमा डडेल्धुराबाट प्रदेशसभा सदस्य विजयी मल्ललाई नेपाली कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि उनले प्रदेशसभा सदस्य त्यागेको घोषणा गरेका थिए। कांग्रेसले पार्टी विधान विपरीत फर्जी क्रियाशील सदस्यता बाँडेर डडेल्धुराको जिल्ला अधिवेशन गरेको भन्दै मल्ल पक्षले बहिष्कार गरेको थियो। सोही विषयलाई लिएर विवाद बढ्दै गएपछि कांग्रेसलाई मल्ललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो।
कसलाई के जिम्मेवारी