सुदूर नेपाललाई विश्वसँग जोड्दै

धर्म र राष्ट्रियता जोगाउन राष्ट्रिय प्रजातन्त्र पार्टीमा आउनुस्ः लिङ्देन

२०७९ साउन ११, ०५:३७ खबर संवाददाता

धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्म र राष्ट्रियताको रक्षा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीमा आउन अपिल गरेका छन्। बुधबार कैलालीको धनगढीमा आयोजित पार्टीको भेलामा उनले सनातन धर्म र राष्ट्रियताको रक्षामा लागि राष्ट्रिय प्रजातन्त्र पार्टीमा गोलबद्ध हुन अपिल गरेका हुन्।

धनगढीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एक हजार जनाले पार्टी प्रवेश गरेको नेता अभिषेक जोशीले बताए। बुधबार भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले परित्याग गरेर प्रदेश कमिटी सदस्य राजेश भण्डारी, विवेकशीला साझा पार्टी परित्याग गरेर प्रदेश प्रवक्ता दानबहादुर रावल, प्रदेश सचिवालय सचिव मोहनराज शर्मा, नेपाली काँग्रेसका डिल्लीराज अवस्थी, विश्व हिन्दु युवा संघका प्रदेश प्रमुख एवं नेपाली काँग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि सम्राट सिंहलगायतले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस