राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित
धनगढी: राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित भएको छ। राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको हो।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ आजको बैठकले बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए।
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा सो विधेयक पठाइएको थियो। उक्त विधेयक विदेश महिलाले नेपाली पुरुषसँग विवाह गरी आएलगत्तै उनले वैवाहिक अंगीकृत नागरिकता पाउने र गैरआवासीय नेपालीलाई समेत सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि गर्ने पाउनेगरी नागरिकता दिने व्यवस्था गरेको छ।