सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल लोक स्टारको धनगढी अडिसन बिहीबार

२०७५ फाल्गुन १४, ०७:१७ खबर संवाददाता

नेपाल लोक स्टार धनगढी अडिसन बिहीबार हुदैछ । धनगढीमा आज पत्रकार सम्मेलन गरी आयोजक चाहाना मिडियाले तयारी पुरा भएको जनाएको हो । चाहाना मिडियाका सह–संयोजक तथा ‘नेपाल लोक स्टार’ का परिकल्पनाकार माधव थापाले सुदुरपश्चिम प्रदेशमा हुने अडिसनको तयारी पुरा भएको जानकारी दिए । 
धनगढी अडिसन  कैलाली बहुमुखी क्याम्पसको प्राङगणमा हुने भएको छ । विजेताले नगद ५० लाख रुपैयाँ पाउनेछ । यस्तै  दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।    
 

कमेन्ट लोड गर्नुस