सुदूरपश्चिमाञ्चल साहित्य समाजको रजत जयन्ती : गजल र कविता गोष्ठीसंगै डेउडा सम्मेलन हुने
सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले रजत जयन्ती मनाउने भएको छ। साहित्य समाज स्थापना भएको २४ बर्ष पुरा भई २५ औँ बर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती मनाईने भएको हो। शनिवार, आईतवार सोमवार गरि तीन दिन सम्म रजत जयन्ती मनाउने कार्यक्रम रहेको समाजका अध्यक्ष रामलाल जोशीले बताए।
पहिलो दिन २०७३ र २०७४ सालका पुरस्कार वितराण गर्ने कार्यक्रम रहेको छ भने दोश्रो दिन कवि गोष्ठी र तेश्रो दिन गजल गायन र गजल गोष्ठीको आयोजना हुने अध्यक्ष जोशीले बताए। प्रत्येक दिन साझँ २ घण्टा डेउडा सम्मेलन हुने पनि उनले जानकारी दिए। अध्यक्ष जोशीले बर्षभर िरजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना हुने र अर्को बर्ष नेपाली साहित्य सम्मेलन गर्ने योजना रहेको बताए।
२४ बर्ष अगाडी स्थापना भएको समाजले सुदूरपश्चिममा विभिन्न साहित्यिक गतिविधि गर्दै आएको छ। समाजले केहि समय अगाडी देश दर्शन अभियान मार्फत देश विदेशमा विभिन्न कार्यक्रम पनि सञ्चालन गरेको थियो।