भुलेर आफ्नै खुसीहरुको सीमा (गजल)
२०७९ भदौ ७, ११:१८
भुलेर आफ्नै खुसीहरुको सीमा मैले ।
र रुँदै रुँदै बस्नुपर्याे जिन्दगीमा मैलै ।
सरकारले मूल्य नदिँदा त्यसकारण
पसिना बेच्नुपरेको हो खाडीमा मैले ।
यो बुढेसकाल लागेसी यस्तै हो बाबु
बा भन्नुहुन्छ के गरेन जवानीमा मैले ।
खै कसरी कसरी तिमी सम्म पुग्यो
उडाएको थिए रुमाल हुरीमा मैले ।
-कैलाश पर्वत कुँवर
केआई सिंह गाउँपालीका–४ वायल, डोटी
कमेन्ट लोड गर्नुस