सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले पायाे राष्ट्रिय गुणस्तरकाे प्रमाणपत्र (प्रवर्धित समाग्री)
धनगढीः सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले नेपाल सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ। कम्पनीले उत्पादन गर्दै आएका विभिन्न प्रकारका पेन्ट तथा सम्बन्धित सामग्रीहरू अन्तर्राष्ट्रिय स्तरको गुणस्तर, सुरक्षा मापदण्ड तथा वातावरणीय मापदण्डअनुरूप रहेको प्रमाण यस प्रमाणपत्रले पुष्टि गर्दछ।
साथै, नेपाल सरकार तथा अन्तर्राष्ट्रिय स्तरबाट भविष्यमा निर्माण हुने संरचनाहरूमा कम्पनीका उत्पादनहरू आपूर्ति गर्न सहज हुने भएको छ। कम्पनीका प्रबन्धक निर्देशक नविन प्रसाद भट्टका अनुसार, “यो उपलब्धि सम्पूर्ण टिमको कडा मेहनत, समर्पण र ग्राहकप्रति हाम्रो जिम्मेवारीको परिणाम हो। हामी आगामी दिनहरूमा अझ उच्च गुणस्तरका उत्पादनहरू बजारमा ल्याउँदै उपभोक्ताको विश्वास कायम राख्नेछौँ।”
सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले सधैं उच्च गुणस्तर, नबापरिवर्तन, तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशहरूमा बलियो बजार सञ्जाल भएको यस कम्पनीले काठमाडौंमा कर्पोरेट कार्यालय तथा बिक्री डेपो स्थापना गरी बागमती प्रदेशका विभिन्न स्थानहरूमा डिलर नियुक्त गरिसकेको छ भने गण्डकी, कोशी र मधेश प्रदेशमा डिलर नियुक्तिको प्रक्रिया जारी छ।
थप जानकारीका लागि सम्पर्क:
सर्वोत्तम पेन्ट्स लिमिटेड, गोदावरी–२, अत्तरिया, कैलाली
फोन: ०९१-५५११६०