‘प्रेमगीत ३’को प्रवर्द्धनमा गोविन्दाले सघाउने
काठमाडौंः ‘प्रेमगीत ३’को भारत प्रदर्शनबारे बलिउड स्टार गोविन्दा र नेपाली अभिनेता प्रदीप खड्काबीच आइतबार भेटवार्ता भएको छ। भेटमा गोविन्दाले फिल्मको भारत प्रवद्र्धनमा आफूले सघाउने बताए।
‘उहाँले हामीलाई प्रमोसनमा सघाउने प्रतिबद्धता जनाउनुभएको छ,’ भेटपछि प्रदीपले भने, ‘उहाँको प्रतिबद्धतालाई लिएर हामी उत्साहित छौं।’गोविन्दासँगको भेटमा निर्देशक दिनेश डीसी र चौधरी ग्रुपका वरुण चौधरी पनि सहभागी थिए।