सुदूर नेपाललाई विश्वसँग जोड्दै

कहिले होला पल शाहको मुद्दामाथिको सुनुवाइ ?

२०७९ भदौ १५, ०४:२४ खबर संवाददाता

तनहुँः अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ। नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो।

तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन। शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन्। उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ।

अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेकाअनुसार नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ। थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए तर अदालतले निवेदनलाई अस्वीकृत गरेको थियो।

कमेन्ट लोड गर्नुस