फिल्म फ्लप भएपछि लालसिंह चड्ढाको पारिश्रमिक नलिने आमिरको घोषणा
एजेन्सी: बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन्। ११ अगष्टमा रिलिज यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए। यद्यपि फिल्म उनको आशामा निराशा बन्यो। फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको छ।
फिल्म फ्लप भएपछि आमिरले आफ्नो अभिनय पारिश्रमिक फिर्ता दिने निर्णय गरेका छन्। उनले फिल्मका लागि भएका सम्पूर्ण नोक्सानीको भरपाई गर्ने घोषणा गरेका छन्। ‘यदि आमिर आफ्नो पारिश्रमिक लिन्छन् भने वायकम १८ स्टुडियोलाई करिब १०० करोड रुपैंयाँ नोक्सान हुन्छ। यस्तो अवस्थामा आमिरले आफैं नोक्सानको भरपाई गर्ने निर्णय लिएका छन् । यो निर्णयले निर्माताहरुले कम घाटा व्यहोर्नुपर्नेछ’, फिल्म निकट स्रोतले भनेको छ।