जगदीश महराको 'मै परदेशी' सार्वजनिक
२०७९ भदौ १९, ०८:०२
धनगढी: जगदीश महराको देउडा गीत 'मै परदेशी' सार्वजनिक भएको छ। सुदूर खबर वानको आधिकारिक युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।
गीतमा जगदीश महरा र गौरी भट्टको स्वर रहेको छ। किशोर भण्डारीले निर्देशन गरेको गीतमा कृष्ण सिराडीको छायांकन रहेको छ भने गीतलाई कुमार केबीले सम्पादन गरेका छन्। गीतमा जगदीश महरासँगै पूजा धामीको अभिनय रहेको छ।
कमेन्ट लोड गर्नुस