प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व अस्पतालमा
काठमाडौँ: नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंह वीर अस्पताल भर्ना भएका छन्।
जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्वलाई उपचारका लागि भन्दै प्रहरीले अस्पताल भर्ना गराएको हो। मंगलबारै प्रहरीले उनलाई अस्पताल भर्ना गरेपनि यो विषय सार्वजनिक गरिएको थिएन।
बुधबार अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।