ओली राजावादी भए : महामन्त्री सिँह
धनगढीः नेकपा मसालका महामन्त्री मोहनविक्रम सिँहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राजावादी भएको आरोप लगाएका छन्। बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले ओलीले देशलाई हिन्दु राष्ट्र बनाउन राजासँग साँटगाँठ गरेको बताएका हुन्। धर्मनिरपेक्ष नेपाललाई ओलीले फेरि हिन्दु राष्ट्र बनाउन चाहेको आरोप सिंहको छ।
राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटिले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले ओलीका पछिल्ला क्रियाकलापले प्रतिगमनको खतरा बढेको बताए। ओलीले दुई÷दुई पटक संसद विघटन गरेको कारण पाँच दलीय गठबन्धन बनेको बताउँदैे यो गठबन्धन लक्ष्यसम्म पुग्नु पर्ने बताए।
ओलीको आलोचना गर्न अधिकांस समय खर्च गरेका सिंहले ओलीकै कारण जनमोर्चा पाँच दलीय गठबन्धनमा सहभागी भएको बताए।